८ बैशाख २०८१, शनिबार
Header

सम्पदा जीर्णोद्धार तथा पुननिर्माणमा समस्याः प्रमुख शाक्य


प्रकाशित: सोमबार, १४ पुष २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीतिगत समस्याको कारण काठमाडौंका सम्पदा जीर्णोद्धार तथा पुननिर्माणमा समस्या रहेको बताएका छन ।


प्रमुख शाक्यले सोमबार २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित एक कार्यक्रममा प्रमुख शाक्यले टुँडिखेलको छेउमा भएको महाङ्काल मन्दिरको उदारण दिँदै नीतिगत समस्याबारे बोलेका छन । 


प्रमुख शाक्यले भने, ‘उक्त मन्दिरको लालपुर्जा गुथिको नाममा छ । मन्दिर जीर्णोद्धार गर्नुपर्ने अवस्था छ । यो काम न गुथिले गर्छ, न उसको नामका भएका संरचनामा अरु जान मिल्छ । यसमा महानगरले मात्र होइन, पुरातत्व बिभागले पनि केही गर्न सकेको छैन ।’


सरकारले यस किसिमको नीतिगत समस्याको सामाधानको उपाय निकाल्नु पर्ने बैठकमा प्रमुख शाक्यले भनाई राखेका थिए । 


प्रमुख शाक्यले भूकम्प पीडितलाई प्याकेजमा राहातको कार्यक्रम ल्याउने पर्नेमा जोड दिँदै काठमाडौंबासी धेरैले पुननिर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम लिन नसकेको प्रसङ्ग उल्लेख गरे । 


काठमाडौं महनगरले माघ २ गते नयाँ सडकस्थित भूकम्प स्मृति पार्कमा १९९० तथा त्यसपछिको भूकम्पले मृत्यु भएका मानिसहरुको सम्झनामा स्मृति सभा गर्दै आएको छ । 


२ गतेदेखि ४ गतेसम्म राष्ट्रिय सभा गृहमा भूकम्पीय सुरक्षा प्रदर्शनी हुनुका साथै कार्यक्रम अवधिमा पुननिर्माण, जोखिम न्युनीकरण तथा पूर्व तयारीको सिकाइ र भूकम्पीय सुरक्षा सम्बन्धि २ वटा राष्ट्रिय कार्यशाला सञ्चालन हुनेछन ।


गृह मन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा गृह मन्त्रालयको सभा कक्षमा बसेको राष्ट्रिय भूकम्प दिवस २०७६ मुल समारोह समितिको बैठक बसी देशभर माघ २ भूकम्प सुरक्षा दिवश मनाउने निर्णय गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD