७ बैशाख २०८१, शुक्रबार
Header

सम्पदा अभियान्ताहरुले भोलि गुठी संस्थान घेर्दै


काठमाडौं । असन कोथुननि बचाउ अभिायन समितिले आईतबार गुठी संस्थान घेराऊ गरी धर्ना दिने भएको छ । 


घडी घरले समेत चर्चित ऐतिहासिक सम्पदाको महत्व बोकेको कोथुननीलाई भत्काई व्यपारिक कम्पलेक्स बनाउने गुठी संस्थानको निर्णय विरुद्ध आन्दोलनरत सम्पदा अभियन्ता, सम्पदा प्रेमी, स्थानीय र सरोकारवालहरुले उक्त दिन संस्थान घेराउ गर्ने भएको हो ।


समितिका अध्यक्ष तथा सम्पदा अभियान्ता नमस्ते सायमीले सो दिन विहान ११ बजे असनबाट जुलुस सहित गुठी संस्थान घेराऊ गरिने बताएका छन । 


यस अघि कोथुननि बचाउन तथा ठमेलको छायाँ सेन्टर भत्काउन कमलपोखरी पुर्नस्थापन गर्नका लागि गरिएको १५ हजार हस्ताक्षर समेत बुझाउने सायमीले जानकारी दिए । 


कोथुननि बचाउन आन्दोलनरत समितिले विभिन्न दवाव मुलुक कार्यक्रमहरु सिर्जना गर्दै आएपनि गुठी संस्थान आफ्नै निर्णयमा अडिग भएपछि धर्ना कार्यक्रममा जान बाध्य भएको सायमीले बताए । 


सायमीका अनुसार कोथुननि भत्काई व्यापारिक कम्लेक्स बनाउने संस्थानको निर्णयप्रति विभिन्न राजनीतिक दलहरुले कडा शब्दमा विरोध गरिरहेका छन । 


उनीहरुले कोथुननीको गरिमा र महत्वलाई बचाउन आफूहरुको पूर्ण सहयोग र समर्थन हुने प्रतिवद्धता रहेको उनले बताउँदै ऐतिहासिक कोथुननिलाई जोगाउन निरन्तर संघर्ष गरिरहने भनाई राखे ।


शनिवार, ७ भाद्र २०७६, १८ः०० बजे

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD