१४ बैशाख २०८१, शुक्रबार
Header

सम्पदामार्गको गुरुयोजना तयार, एक महिनाभित्रै सुरु 


प्रकाशित: शुक्रवार, १३ मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । बहुचर्चित सम्पदा मार्ग हुनुमानढोका–स्वयम्भूको गुरुयोजना तयार भएको छ ।


काठमाडौं महानगरपालिका प्रवक्ता तथा कामपा १५ वडा अध्यक्ष ईश्वरमान डंगोलका अनुसार अबको एक महिनाभित्र काम सुरु हुने भएको छ । 


काठमाडौं महानगरपालिकाले निर्माण गर्न लागेको उक्त सम्पदा मार्ग २÷२ किलोमिटर भित्र पर्ने सडकको निर्माणसँगै सत्तल, मौलिक घर, बाटो मर्मत लगायतका काम पनि सुरु गरिने बताए ।


दुई करोडको बजेटमा निर्माण हुने उक्त सम्पदा मार्गलाई पैदलमार्गको रुपमा विकास गर्ने प्रवक्ता डंगोलले बताएका छन । कामपा वडा नम्वर १५, १७, र १८ भित्र पर्ने उक्त सम्पदा मार्गमा एउटै खालको ढुङ्गा विछ्याइने भएको छ । 


नेवाः परम्परा र संस्कृति झल्कने गरी निर्माण गरिने सो सम्पदा मार्ग निर्माण गरी स्थानीय संस्कृतिलाई पर्यटकसँग प्रत्यक्ष जोड्ने प्रवक्ता डंगोलको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD