१७ बैशाख २०८१, सोमबार
Header

सम्पत्ति शुद्धीकरण विधेयक दुवै सदनबाट पारित


प्रकाशित: शुक्रवार, १८ फागुन २०८०, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अर्थात मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।


शुक्रवार राष्ट्रियसभाबाट पारित भएसँगै यो विधयेक संसदको दुवै सदनबाट पारित भएको हो ।


यस अघि प्रतिनिधिसभामा यो विधेयक यसअघि २४ माघ २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । 


शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । 


विधयेक सभामुखबाट प्रमाणित भएको खण्डमा राष्ट्रपति राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD