५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सम्पति कर, वहाल व्यवसाय कर निर्धारण गर्दै महानगर


प्रकाशित: शुक्रवार, ८ भाद्र २०८०, २०ः२५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले महानगरभित्रका घर, जग्गा, भवनको सम्पति कर निर्धारण गर्न ३२ वटै वडालाई पत्रचार गरेको छ ।

 
महानगरले शुक्रवार एक सुचना प्रकाशित गरी सम्पति कर निर्धारण सम्बन्धमा करदाताहरुको सम्पति थप भएमा वा भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी हुँदा जग्गा वा भवनको क्षेत्रफल थप हुन गएको देखिएको सम्पति करण निर्धारण हुने जनाएको छ ।


‘सो अवसथा थप भएको क्षेत्रफलको कर निर्धारण हुँदा आउने रकममा मात्र जरिवना सहित कर असुल गरिने छ ।’ जारी सुचनामा उल्लेख छ । 


त्यसैगरी थप भएको क्षेत्रफलको भवन नक्सा स्वीकृत नभएको (अभिलेखिकरणको हकमा ) भए भवनको वडा कार्यालयको ईन्जिनियरले दिएको प्रतिवेदनको आधरमा भवन निर्माण इजाजत जारी भएको दुई बर्षपछिबाट हिसाव गरी कर निर्धाणरण गरिने छ । 


काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८० को दफा (२) को उपदफा (५) सो व्यवस्था उल्लेख भएको महानगरपालिकाले जनाएको छ । 


त्यसैगरी, बाटोको आधारमा सम्पति कर निर्धारण सम्बन्धमा एक भन्दा बढि बाटोले छोएको भए सबैभन्दा ठुलो बाटोलाई आधार लिई जग्गाको मूल्य कायम गरी कर निर्धारण गर्ने जनाएको छ ।
महानगरको आर्थिक ऐन, २०८० को दफा (२)को उपदाफा (८)मा व्यवस्था भए अनुसार कर निर्धारण हुने जनाएको छ ।


महानगरभित्र बहाल व्यवसाय करको हकमा व्यक्ति वा संस्थाले तिर्न बुुझाउन बाँकी भएको कर बहाल कर र व्यवसाय करबहालमा लागेको तथा व्यवसाय सञ्चालन भएको अवधिदेखि तिर्नुु बुुझाउनु पर्नेछ । 


अन्यथा आर्थिक बर्ष २०७२/०७३ आधार बर्ष मानेर त्यस्ता कर असुल उपर गरिने महानगरको राजस्व विभागले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex