२७ बैशाख २०८१, बिहिबार
Header

समुेरु सहकारीको कालिमाटीमा महानगरको अनुुगमन


प्रकाशित: मंगलवार, २७ चैत्र २०८०, २०ः१२ बजे
- महानगरखबर

काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी संस्था कालिमाटीमा काठमाडौं महानगरले अनुगमन गरेको छ ।


मंगलबार अनुगमनको क्रममा महानगर टोलीले फेला पारेका सहकारी विभिन्न कागजपत्रको फोटोकपी गरेर ल्याएको छ ।  


उक्त सहकारीको करिब ३ अर्बको बचत दायित्व रहेको करिब ८÷९ करोड मात्रै कर्जा लगानी गरेको पाएको छ । 


महानगरले सहकारी कार्यलयबाट महत्त्वपूर्ण कागजातसँगै स्वच्छन्द मानन्धरको नाममा रजिस्ट्रेसन भएको जग्गाधनी पुर्जाको प्रतिलिपि समेत ल्याएको छ ।


स्वच्छन्द मानन्धर सहकारी सञ्चालक भरत महर्जनको आफन्त हुन ।सुमेरु बचत तथा ऋण सहकारी कालीमाटीको अध्यक्षमा भरत महर्जनकी श्रीमती राजमाया महर्जन छिन । अहिले भरत परिवार सहित बेलायत भागेका छन ।

 
भरत महर्जनले ललितपुरको पुल्चोक र कालीमाटीमा गरेर सुमेरु बचत तथा ऋण सहकारी संस्थाको नाममा दुइटा सहकारी संस्था सञ्चालन गर्दै आएका थिए । 


पुल्चोकको सहकारी संस्थाको भक्तपुर गठ्ठाघर र ललितपुरकै धापाखेलमा शाखा कार्यालय थियो ।


महानगर अनुगमनमा ३ अर्बमध्ये अधिकांश रकम पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थामा लगेको देखिएको छ । 


महानगरले चालु आव ४० सहकारी संस्थाको सघन अनुगमन गर्ने निर्णयनाुसर यसअघि साई स्वागत बचत तथा ऋण सहकारी संस्था सहित तीनको अनुगमन गरिसकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD