काठमाडौं । समुन्द्र आँदी ‘फानी’ नेपालमा नआउने मौसविद्हरुले बताएका छन ।
बंगालको खाडीको ओडिसा तटीय क्षेत्रबाट सुरु हुने फानीको प्रभाव भने नेपालमा पर्ने संभावना देखिएको छ तर ‘फानी’ चाँही आउँदैन ।
शुक्रबार मध्याह्न यसको असरबाट वर्षा तथा हावाहुरी आउने मौसम विज्ञहरुको अनुमान रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार नेपालमा शुक्रवार र शनिवार मेघ गर्जनसहित बर्षा भएपनि चक्रवात भने आउँदैन ।
महाशाखाका अनुसार, हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ । आइतबारबाट भने मौसममा सुधार आउने मौसमविदहरुले जनाएका छन ।
फानी समुद्री आँधी भएकोले नेपालमा यसको संभावना छैन मौसम विज्ञहरुको भनाई छ ।
Categorized in राष्ट्रिय