काठमाडौं । पापुया न्यू गिनीको एयर विमान प्रशान्तमहासगरको माईक्रोनेसियास्थित समुन्द्रमा आपतकालिन अवस्थाम अवतरण गरेको छ ।
विमानमा रहेको सबै यात्रु सुरक्षित रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
सो विमानमा रहेको ३६ यात्रु र ११ क्रुलाई स्थानीयहरुले उद्दार गरेको छ । जाहाज पानीमा ल्याण्ड हुने बित्तिकै स्थानीयले आफ्नो डुगांहरु ल्याएर विमानबाट यात्रुहरु निकालेका थिए ।
सो विमानमा रहेको यात्रुमध्ये ४ जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
विमान उडानको क्रममा बत्तीको समस्यासँगै खराब मौसम र पानीको कारणले सो दुर्घट्ना हुन गएको एयर नियुगिनीले बतएको छ ।
Categorized in अन्तर्राष्ट्रिय