१५ बैशाख २०८१, शनिबार
Header

समुद्री आँधीबाट मोजाम्बिकमा एक हजार बढिको मृत्यु


प्रकाशित: मंगलवार, ५ चैत्र २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । समुद्री आँधीबाट दक्षिण अफ्रिकाको मोजाम्बिकमा एक हजार बढिको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । 


अफ्रिकी मुलुक मोजाम्बिकलगायतका देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधी आएको हो । आँधीले मोजाम्बिकमा जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन । 


मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको सञ्चारमाध्यमहरुलाई बताएका छन ।


सोमबार प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका नुसीले आँधीले विध्वंस मच्चाएको बताउँदै शवहरु पानीमा तैरिरहेको देखिएको बताए । 


बिहीबार ठूलो वर्षापछि प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आँधी आएको थियो । बीबीसीका अनुसार, आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा ठूलो क्षति पुगेको छ ।


सो आँधीको कारण अफ्रिकाका दक्षिणी भेग पनि प्रभावित भएका छन भने धेरै मान्छेहरु हराईरहेको बुझिएको छ । 


उद्धारमा सहभागी यूएन एडका एक कर्मचारीका अनुसार बेयराका पाँच लाख मानिसको घर क्षतिग्रस्त भएको बताएका छन ।


विश्व खाद्य कार्यक्रमका जेरार्ड बोर्केले आफूले बेयरामा कुनै पनि घर आफूले सहीसलामत नदेखेको बताएका छन ।


आँधीपछि त्यहाँ मानवीय संकट देखापरेका छन । कतिपय स्थानका मानिसहरूले रुखमा चढेर ज्यान जोगाएका छन भने कतिलाई रेडक्रस जस्ता संस्थाहरुले उद्धार गरेको भेटिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD