१० भाद्र २०८३, बुधबार
Header

समानुपातिक सांसहरुलाई आयोगले वितरण गरयो प्रमाणपत्र (फोटो फिचर)


प्रकाशित: आईतवार, ३ पुुस २०७९, १९ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं । निर्वाचन आयोगले आईतवार प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । 


आज दिउँसो आयोगको प्राङगनमा आयोजित एक कार्यक्रमविच उनीहरुलाई वितरण गरिएको आयोगका सह–प्रवक्ता सुर्य अर्यालले जानकारी दिए ।


प्रतिनिधिसभाका ११० जना र प्रदेशसभाका २२० सांसद गरी ३ सय ३० लाई प्रमाणपत्र वितरण गर्न गरिएको हो । 


आयोगका अनुसार प्रतिनिधिसभा समानुपातिकमा सबैभन्दा ठुलो दल एमाले बनेको छ ।

 
प्रतिनिधिसभा एमालेको ३४, नेपाली कांग्रेस ३२, नेकपा माओवादी केन्द्र १४, राष्ट्रिय स्वतन्त्र पार्टी १४, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ५, जनमत ५ सिट पाएका छन ।


सात वटै प्रदेशसभामा एमालेले ७० , नेपाली कांग्रेसले ६४, माओवादी केन्द्र २९, राष्ट्रिय प्रजातन्त्र पार्टी १७, जनता समाजवादी पार्टी ९, नेकपा एकिकृत समाजवादी ९, जनमत पार्टी ९, लोकतान्त्रिक समाजवादी पार्टी ३, संघीय समाजवादी पार्टी १, नागरिक उन्मुक्ति पार्टी ५, नेपाल मजदुर किसान पार्टी २, राष्टिय जनमोर्चा १, हाम्रो नेपाली पार्टी १ सिट पाएका छन ।


तस्वीहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex