१४ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण लगत्तै आयोगले राष्ट्रपतिलाई बुुझायो प्रतिवेदन


प्रकाशित: विहिवार, ५ चैत्र २०८२, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन पेस गरेको छ ।


यस अघि निर्वाचन आयोगमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक संसदहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । 


कार्यवाहक प्रमुख भण्डारीले निर्वाचन प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन । 

 


सो अवसरमा राष्ट्रपति पौडेलले कठिन तथा जटिल परिस्थितिका बाबजुद पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे । 


उनले निर्वाचनलाई सफल बनाउन भूमिका खेलेका निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी तथा अन्य सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए ।


राष्ट्रपति पौडेलले भने, “फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ । 


आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, जसले निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ सुदृढ भएको अनुभूति भएको छ ।”


यससँगै निर्वाचन आयोगले सम्पन्न गरेको निर्वाचन प्रक्रिया र व्यवस्थापनप्रति सकारात्मक सन्देश गएको सरकारी अधिकारीहरूले बताएका छन । 


बिहीबार निर्वाचन आयोग ले बहादुर भवनस्थित आफ्नो प्रांगणमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो।

 


आयोगका सचिव कृष्ण बहादुर राउत ले सांसदहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए। प्रमाणपत्र प्राप्त गरेपछि नवनिर्वाचित सांसदहरूले सामूहिक तस्बिर खिचाएर खुसी साटासाट गरेका छन्।


यस निर्वाचनमा समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७ सिट जित्दै अग्रस्थानमा रहेको छ। त्यसैगरी नेपाली कांग्रेस ले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिस्ट पार्टी ले ९ सिट जितेका छन्।

 


यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले समानुपातिकतर्फ ४/४ सिट जितेका छन्।


समानुपातिकतर्फका सांसदहरूको प्रमाणपत्र वितरणसँगै प्रतिनिधि सभा गठन प्रक्रिया थप अघि बढेको छ।

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगखबर 

asteriskhubs
Home Page Bottom Second


maharjan complex