काठमाडौं । जारी मतगणनामा नेकपा एमालले अहिलेसम्म प्रनिनिधिसभा सदस्यका लागि समानुपापतिक मत २३ लाख कटाएको छ ।
एमालले २३ लाख ८९६ मत पाएका छन । कांग्रेसले २२ लाख १ हजार ७१४ मत पाएका छन । सामानुपातिक मत नेकपा एमालले कांग्रेसभन्दा बढि पाएको छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले ९ लाख ६५ हजार ३४५, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ लाख ४६ हजार २९७ पाएका छन ।
जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७, नेकपा एकिकृत समाजवादीले २ लाख २० हजार ५२८, जनमत पार्टीले २ लाख २१ हजार ४२७, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ७७ मत पाएका छन ।
लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १९ हजार ४८३, नेपाल मजदुर किसान पार्टीले ६९ हजार ७०७, हाम्रो नेपाल पार्टीले ४७ हजार ५२६ मत र राष्ट्रिय जनमोर्चाले ४९ हजार ९६६ पाएका छन ।
नेपाली कांग्रेसले प्रतिनिधिसभामा अहिलेसम्म ५३ सिट जितेका छ भने ३ स्थानमा अग्रता रहेको छ ।
त्यसैगरी, नेकपा एमालले ४१ सिटसहित २ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र १७, नेकपा एकिकृत समाजवादी १०, राष्टिय स्वतन्त्र पार्टी ७, राष्टिय प्रजातन्त्र पार्टी ७, जनता समाववादीले ६ सिट जितेको छ ।
त्यसैगरी, स्वतन्त्रले ५, लोसपा ४, नगरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, राष्टिय जनमोर्चा १, जनमत पार्टीले १ सिट जितेको छ ।
Categorized in राष्ट्रिय