७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

समानुपातिकतर्फ १ करोड ४ लाखभन्दा बढी सदर मत, कसले कति पाए ?


प्रकाशित: मंगलवार, २६ फागुन २०८२, १६ः१० बजे
- महानगरखबर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ९५ हजार २१८ सदर मत गणना भएको छ । 


प्राप्त मतअनुसार ६ वटा दलले मात्र तीन प्रतिशत थ्रेसहोल्ड पार गरेका छन । 


हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रस्थानमा रहेको छ । 


रास्वपाले ५० लाख ३३ हजार ६९१ मत प्राप्त गरेको छ, जुन कुल सदर मतको करिब ४८ प्रतिशत हो ।


दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १७ लाख ५ हजार २०४ मत प्राप्त गरेको छ, जुन करिब १६ प्रतिशत हो ।


त्यस्तै नेकपा एमालेले १४ लाख २१ हजार २६२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । एमालेको मत प्रतिशत करिब १४ प्रतिशत रहेको छ ।


चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ लाख ७५ हजार ५३ मत प्राप्त गरेको छ, जुन करिब ७ प्रतिशत हो ।


त्यसैगरी श्रम संस्कृति पार्टीले ३ लाख ६२ हजार १७४ मत प्राप्त गर्दै करिब ३ प्रतिशत मत हासिल गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २६ हजार १७४ मत प्राप्त गर्दै करिब ३ प्रतिशत मत ल्याएको छ ।


यसबीच जनता समाजवादी पार्टी (जसपा) ले १ लाख ७२ हजार ९७० मत प्राप्त गरे पनि करिब २ प्रतिशत मात्रै मत ल्याएकाले थ्रेसहोल्ड कटाउन असफल भएको छ ।


समानुपातिक प्रणालीमा प्रतिनिधिसभामा सिट पाउनका लागि कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । 


मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदा मत प्रतिशत र दलहरूको स्थितिमा केही परिवर्तन हुन सक्ने बताइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex