६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

समानुपातिकतर्फको मतगणना सकिएपछि सत्ता गठबन्धन १३६ सिट, अरुको कति ?


प्रकाशित: बुधवार, २१ मंसिर २०७९, ०८ः५० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले समानुपतिकतर्फको मतगणना सकिएको बताएको छ ।


आयोगले आज मतपरिणामको घोषणा कुन दलले कति सिट पाएको बारे पनि औपचारिक जानकारी दिने भएको छ । 


सामानुपतिक मतगनिसक्दा सत्ता गठबन्धन दलको सिट परिणाम जोड्दा १३६ पुगेको छ भने नेकपा एमालेको एक्लैको ७८ सिट पाउने देखिन्छ । 


सरकारको नेतृत्व लिन १३८ सिट आवश्यक हुन्छ । सत्ता गठबन्धनलाई सरकार बनाउन अझै २ सिट अपुग देखिएको छ । 


सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेस, माओवादी, नेकपा एस र राष्ट्रिय जनमोर्चा छन । सोमवार गठबन्धनको बैठकले निरन्तरता दिने निर्णयगरेको छ । 


आयोगका अनुसार  १ करोड ५ लाख ६० हजार ८२ समानुपातिक मत गनिएको हो । नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ ।


नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको छ ।


समानुपातिक मतअनुसार एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमतले ५ सिट पाउने भएका छन ।


नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा राष्ट्रिय पार्टीले ३ प्रतिशतको समानुपाति थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय पार्टी बन्न भने सकेनन । 


त्यसैरी, प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, जसपा ७, राप्रपा ७, लोसपा ४, स्वतन्त्र ५, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex