१२ श्रावण २०८१, शनिबार
Header

समाजिक सुरक्षा भत्ता पाउनेको संख्यामा बृद्धि


प्रकाशित: सोमवार, १४ जेठ २०८१, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आइतवार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार समाजिक सुरक्षा भत्ता पाउनेको संख्यामा बृद्धि भएको देखिएको छ । 


आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा फागुनसम्म सो संख्या ३८ लाख २७७ पुगेको थियो । 


गत वर्ष सामाजिक सुरक्षामा आबद्धको संख्या ३७ लाख ६ हजार ३२७ रहेको थियो ।


सर्वेक्षण अनुसार ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या अहिले १६ लाख २२ हजार ५१६ छ ।


त्यसैगरी, ६० वर्ष कटेका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २७०, एकल महिला ५ लाख ७६ हजर ५५३ रहेको छ भने ६० वर्ष नाघेका दलित १ लाख ५८ हजार २६१ छ । 


अति अशक्त अपांगता भएका १ लाख ४२ हजार १८५, पूर्ण अपांगता भएका ६६ हजार ४५२, तोकिएको क्षेत्रका बालबालिका ७ लाख ६१ हजार ९३, दलित बालबालिका ३ लाख ४२ हजार १७६, लोपोन्मुख जाति २२ हजार २४७, ६० वर्ष कटेका ज्येष्ठ नागरिक क्षेत्र तोकिएका १६ हजार ८४४ छन । 


सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कूल बजेटको १४.७८ प्रतिशत, चालु बजेटको २२.६७ प्रतिशत र कूल ग्राहस्थ उत्पादनको ५.५४ प्रतिशत भएको उल्लेख छ ।  


चालु आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex