३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समाजिक सुरक्षा कोष प्रभावकारी बनाउन बैंकसँग सहकार्य


प्रकाशित: बुधवार, १३ चैत्र २०७५, ०८ः३० बजे
- महानगरखवर

काठमाडौँ । सरकारले समाजिक सुरक्षा कोष प्रभावकारी बनाउन स्थानीय तह र बैंक विच सहकार्य गरिने भएको छ । 


सरकारले गत मङ्सिर ६ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सम्पूर्ण श्रमिक, कर्मचारीलाई समावेश गराउनका लागि कोषले यस्तो गर्न लागेको हो । 


प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आयोजना गरेको सामाजिक सुरक्षा कोषसम्बन्धी अन्तरक्रियामा कोषका निर्देशक शंकर नेपालले सो विषयमा जानकारी दिए । 


कोषमा औपचारिक क्षेत्रका १० लाख कामदार र अनौपचारिक क्षेत्रमा रहेका ६० लाख जनतालाई सेवा पु¥याउन विभिन्न बैंकसँग समन्वय गरेर एकीकृत रुपमा काम गर्ने तयारी रहेको निर्देशक नेपालले बताए । 


अन्तर्राष्ट्रिय श्रम सङ्गठनका निर्देशक प्रकाश शर्माले नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषबीच हुने ओभरल्याप र डुप्लिकेसन हटाउँदै जानुपर्ने विचार व्यक्त गरे । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex