३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समाजिक विकृत अन्त्य गर्न नागरिकको सहभागिताः काठमाडौं प्रहरी प्रमुख सुवेदी


प्रकाशित: सोमबार, ६ जेठ २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले समाजका विद्यमान विकृती अन्त्य गर्न नागरिकको सहभागीता हुनु पर्ने बताएका छन । 


अपराध न्यूनिकरणमा प्रहरीसँग समाजको सक्रिया तथा सहयोग आवश्यक रहेको एसएसपी सुवेदीले जोड दिए । 


आइतबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा सो कुरा बताउँदै सामाजिक विकृति अन्त्य गर्न सके ठूला घटनाहरू त्यतिकै टर्ने उनको भनाई थियो । 


सो कार्यक्रममा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख एवम डिएसपी काजीकुमार आचार्य, वडा नं. ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले आ–आफ्नो भनाई राखेका थिए । 


सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वडा नं २८ वडाका अध्यक्ष भाईराम खड्गी, ११, २९ का जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाज, शिक्षक, समाजसेवीहरुको सहभागिता रहेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex