काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालविच सोमबार एकिकरण भई ‘समाजवादी पार्टी नेपाल’ भएको छ ।
कमलादीस्थित प्रज्ञाभवनमा आयोजित घोषणा सभामा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति अध्यक्ष डा. बाबुराम भट्टराईले एकिकरण दस्तावेजमा हस्ताक्षरण गरी पार्टी एकिकरणको घोषणा गरेका छन ।
पार्टी अध्यक्षको नेतृत्व यादवले लिएका छन भने भट्टराईले संघीय परिषदका अध्यक्षको जिम्मेवारी दिएको छ ।
पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ । ८ उपाध्यक्ष, महासविच, सहमहासविच तीन÷तीन, चार सचिव र एक कोषाध्यक्ष रहने छ ।
सो घोषणा सभामा पार्टी नेतृत्वले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि नेतृत्ववादी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको नेतृत्वले जनाएको छ ।
घोषणा सभालाई सम्बोधन गर्दै डा. भट्टराईले सरकारले संविधानस संसोधनको माग पुरा नभए पनि कुनै पनि सरकारबाट बाहिरिने चेतावनी समेत दिएका छन ।
त्यसैगरी पार्टीले उच्चस्तरीय राज्यपुर्नसंरचनाको प्रतिवेदनको स्मरण गराउँदै संविधान संसोधन गरेर ११ प्रदेश बनाउनु पर्ने माग समेत गरेको छ ।
Categorized in राष्ट्रिय