काठमाडौं । लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएको आरोपमा समाजवादी पार्टीका सांसद प्रदिप यादवलाई पार्टीबाट निलम्बन गरिएको छ ।
यादवलाई ६ महिनाको लागि पार्टीबाट निलम्बल गरिएको पार्टीका महासविच प्रकाश अधिकारीले बताएका छन । यादवले पार्टी नीति विपरित काम गरेकोले निलम्बन गरेको अधिकारले जानकरी दिए ।
गत मेमा भएको कार्यक्रममा यादवसँगै राजपाका सांसद एकवाल मियाँ पनि सहभागी भएको खवर सार्वजनिक भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको थियो ।
पार्टीले यादवसँग स्पस्टीकरण सोधेपनि चित्तबुझ्दो जवाफ नआएपछि पार्टीको पदाधिकारी बैठकले निलम्बन गर्ने निर्णय गरेको महासविच अधिकारीले जानकारी दिँदै सांसद पदबाट निलम्बन गर्ने बारे निर्णय नभएको बताए ।
Categorized in राष्ट्रिय