३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समाजमा नयाँ खालका सुरक्षा खतरा बढ्यो


प्रकाशित: मंगलवार, ७ जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले समाजमा नयाँ खालका सुरक्षा खतरा बढेको बताएको छ । 


सोममार उनले सुरक्षा सुदृढीकरण बिषयक अन्तरक्रियामा आयोजित कार्यक्रममा अहिले संगठित अपराधको तुलनामा लेनदेन, साइबर क्राइम, लागू औषधको प्रयोगबाट सृजित घटना बढेका बताए । 


जनसेवा सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र, जनसेवा र महानगरीय प्रहरी वृत्त जनसेवाले आयोजना गरेको सो अन्तरक्रियामा उनले यो समस्या चुनौतिपूर्ण भएको भएकोले नागरिक सचेतनासँगै समुदायको साथ र सहयोग प्रहरीलाई आवश्यक रहेको भनाई राखे ।


सो कार्यक्रममा काठमाडौं महानगर प्रमुख विद्यासुन्दुर शाक्यले नागरिक सचेतनाले मात्र समाजमा शान्ति सुरक्षा र अमन चैन कायम हुने बताउँदै  बर्दी लगाउनेले मात्र सुरक्षाको जिम्मा लिनुपर्छ भन्ने ठान्नु नहुने धारणा राखेका छन । 


उनले भने समाजमा बस्ने हरेक नागरिक बर्दीबिनाका प्रहरी बन्ने हो भने समाजमा शान्ति सुरक्षा कायम गराउन समस्या छैन ।


सोही अवसरमा बोल्दै प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले काठमाडौंको कालोपुलमा घटेको एसिड प्रहारको घटना, ललितपुरमा जेठाजुले गरेको बुहारी हत्याको घटना र यी घटनाको प्रकृति हेर्दा घरभित्रै अपराध हुने गरेको र यसप्रकारका अपराधमा अपराधीभन्दा सामान्य प्रकृतिका मानिस सहभागी हुने गरेको अहिलेको समाजको अवस्था भएको उल्लेख गरे । 


अन्तरक्रियामा सहभागी बिद्यालयका बालबालिकाले बालवालिका प्रति हुने यौन दुव्र्यहार, अपहरण, सडक देखिने लागु औषध दुव्र्यसनीहरुबाट कसरी सुरक्षित हुने विषयमा जिज्ञासा राखेका थिए । 


कार्यक्रममा जनसेवा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र, जनसेवाका अध्यक्ष बिकासभक्त श्रेष्ठले आपसी सम्बन्धमा जोड दिनुभयो ।


अन्तरक्रियामा स्थानीय टोलसुधार समिति, उपभोक्ता समिति, क्लबका प्रतिनिधि तथा बिद्यालयका बालबालिका सहभागी थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex