३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समता स्कुल तथा अस्पतालका सञ्चालक सञ्जेल प्रहरी नियन्त्रणमा 


प्रकाशित: मंगलवार, ३ असार २०७६, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई नियन्त्रणमा लिएको छ । 


समता अस्पतालका क्लिनर काम गर्ने रामेछाप दोरम्बाकी २७ बर्षिय बिमला तामाङले आत्महत्या गरेको विषयलाई लिएर उनका आफन्तले दवाव दिन थालेपछि उनलाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार उनलाई सो आरोपमा नभई सुरक्षाको कारण नियन्त्रणमा लिई हानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ । 


समता अस्पताल बौद्धमा कार्यरत तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन । 


उनका आफन्तले दोषीलाई पक्राउ गर भनेर विहानै अस्पताल तोडफोड गर्दै आन्दोलनम उत्रेका थिए । आत्महत्या गर्नुको कारणबारे अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिए । 


सञ्जेललाई नियन्त्रणमा लिएपछि उनका आफन्तले शव बुझ्ने भएका छन शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex