काठमाडौ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप साहले चुनावमा भएको खर्च उठाउन एक व्यवासीलाई चन्दा माग गरेर आतंकित पारेको आरोप लागेको छ ।
प्लाइउड व्यवसायी रोमन शिलाकारले सभासद साहले रु २० लाख चन्दा नदिएपछि आफूलाई धम्क्याउने र फसाउने काम गरेको आरोप पत्रकार सम्मेलन गरेर बताएका छन् ।
भक्तपुर घर भई कपिलवस्तुमा प्लाइउड कारखाना सञ्चालन गर्दै आएका व्यवसायी शिलाकारले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य शाहले २०७४ साल माघमा शाहले मसँग रु २० लाख चन्दा मागेको र सो रकम दिन नसक्ने भनेपछि साउन १ गते पुनः सभासद साहले आफैले फोन गरेर चन्दा माग गरेको थियो तर आफुले २ लाख मात्र दिन सक्ने भन्दा धम्काएको सो पत्रकार सम्मेलनमा जानकार दिए ।
घटनाबारे कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज यादवलाई जानकारी गराएपछि घटनाको छानबिन गरी शाह नै दोषी पाएपछि प्रहरीले व्यवसायीलाई चन्दा नदिन र निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रहरीले उद्योगभित्र जबर्जस्ती प्रवेश गरेर मल झार्ने सुदाम यादव, शशिकान्त खेर, राकेशमणि त्रिपाठी र महेश पासवानलाई पक्राउ गरेर आवश्यक कारबाही अगाडि बढाएको बताएको छ ।
Categorized in समाज