७ बैशाख २०८१, शुक्रबार
Header

सभामुख महराको राजीनामा माग, शिर्ष नेताहरुसँग परामर्श


प्रकाशित: मंगलवार, १४ असोज २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि राजीनामा मागिएको छ । 


महराले शिर्षनेताहरुसँग मंगलवार परामर्श गरेका छन । परामर्शपछि महरासँग विकल्प भनेको कि राजीनामा या महाअभियोगको सामना गर्नु बाहेक विकल्प नभएकोले राजीनामा आउन सक्ने नेताहरुले संकेत गरेका छन । 


यता नेपाली कांग्रेस नेता गगन थापाले पनि सभामुखले राजीनमा दिएर उक्त घट्नाको निष्पक्ष छानविनमा सहयोग गर्नु पर्ने बताएका छन । 


मंगलवार बुटवलमा आयोजित कार्यक्रममा नेता थापाले सभामुखको केस रफादफा हुनुुहँदैन भन्दै दोषी ठहरीए आम नागरिकले जस्तै सभामुखले पनि सजाय पाउनु पर्ने बताए । 


साक्षात्कार कार्यक्रममा नेता थापाले भने,‘ यो घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको छ, प्रहरी प्रशासनले कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाटै घटनाको निष्पक्ष छानविन गर्नुपर्छ ।’ 


आईतबार आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख विवादीत बनेको छ । 


पीडित महिलाले एक अनलाईनमा दिएको अन्तर्वार्तामा आफूलाई महराले बलात्कार गरेको आरोप लगाएको बताएको बयान दिएपछि अहिले यो घट्ना भाईरल बनेको छ । 


घट्नाको विषयमा चौतर्फी रुपमा छानविन र महराको राजीनामाको माग उठेपछि नेकपा पार्टीको माथिल्लो तहमा छलफल चलेको तथा महराले पनि उक्त घट्नामा सहयोग गर्न राजीनामा दिन तयार रहेको बताएको छ । 


महाराले उक्त घट्ना निराधार भएको र आपूmलाई बदनाम गर्न आरोप लगाएको बताउँदै आएको छ । समायोजनका रिस पोख्न ती महिलाले आफूमाथि रिस पोखेको महराको भनाई छ । 


उक्त घट्नाको महराका प्रेस सल्लाहकार डिल्ली मल्लले हिजो विज्ञप्ती जारी गरी घट्नाको भत्र्सना समेत छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD