१४ बैशाख २०८१, शुक्रबार
Header

सभामुखमा देवराज घिमिरे निर्वाचित


प्रकाशित: विहिवार, ५ माघ २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन । 


विहिवार भएको निर्वाचनमा घिमिरेले संसदमा उपस्थित २६८ सांसद मध्ये १६७ का मत प्राप्त गरी निर्वाचित भए । 


उनको विपक्षमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले १०० मत प्राप्त गरेकी थिईन । एक जना सांसद भने तटस्थ रहे ।


घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।


न्यौपानेलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । उनी समानुपाति सांसद हुन । 


सभामुख घिमिरे झापा–२ बाट निर्वाचित भएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD