१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित, आइतबार शपथ


प्रकाशित: शुक्रवार, २० चैत २०८२, १८ः०० बजे
- महानगरखवर

 काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डोलप्रसाद (डीपी) अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन ।


राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार अर्यालको शपथ ग्रहण कार्यक्रम आइतबार (चैत २२ गते) दिउँसो साढे २ बजेका लागि तय गरिएको छ । 


उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउने कार्यक्रम रहेको छ ।


शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन । 


सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका अर्याललाई अन्य दलहरूले समेत समर्थन गरेपछि उनी सर्वसम्मत रूपमा सभामुख चयन भएका हुन ।


रास्वपाका उपसभापति समेत रहेका अर्याल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन । 


काठमाडौँ क्षेत्र नं। ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी अब सदनको नेतृत्व गर्ने गरि महत्वपूर्ण संवैधानिक भूमिकामा पुगेका छन ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex