काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा आईतबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन गरेको प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।
प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी समाजवादी पार्टीले सभामुख उम्मेदवारी नदिएपछि सापकोटा एक्ला उम्मेदार बनेका थिए ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि सभामुख रिक्त थियो ।
सापककोटलाई सभामुख बनाउने चर्चा चलेपछि सापकोटाको विरोधमा प्रदर्शनहरु भएका थिए ।
उनीविरूद्ध सर्वोच्च अदालतमा काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा छ ।
Categorized in राष्ट्रिय