७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सबै शिक्षकहरूको काज फिर्ता, अध्ययन अध्यापन बाहेक अन्य कार्य गर्न नहुने


प्रकाशित: मंगलवार, २५ बैशाख २०८१, २०ः०० बजे
- महानगरखबर

काठमाठौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । 


मन्त्रालयले ‘घातक रोग लागेर उपचाररत शिक्षकको हकमा सो निर्णय कार्यान्वयन नहुने भएको छ । 


मंगलबार सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले बताएको छ । 


शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यन्वयन गर्न निर्देशन दिएकी हुन । 


मन्त्रालयमा शिक्षकहरुलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आउने गरेपछि सो निर्णय गरेको हो ।

 
शिक्षकहरूलाई अध्ययन अध्यापन बाहेक अन्य कार्यमा लगाउन नहुने आवाज उठ्दै आएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex