काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं स्थित रहेका सबै बिदेशी राजदूतहरुलाई बालुवाटार बोलाएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्र्रािष्ट्रय समुदायलाई ब्रिफिङ गर्न बोलाएको बुझिएको छ ।
प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका हुन् । कुटनीतिक नियोगसँग सामुहिक छलफलको प्रबन्ध परराष्ट्र मन्त्रालयले मिलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
प्रकाशित मिति ः २०७४ चैत्र १३ गते १०ः२१
Categorized in राष्ट्रिय