१५ बैशाख २०८१, शनिबार
Header

सबैभन्दा बढि ६७३४ नयाँ संक्रमित थपिए


प्रकाशित: सोमवार, ३ माघ २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । ओमिक्रोन संक्रमण बढेसँगै गरिएको कोरोनो परीक्षणमा सबैभन्दा बढि आज ६७३४ थप नयाँ संक्रमित थपिएका छन । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिन (पछिल्लो २४ घण्टा) मा उक्त संख्यामा जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।


काठमाडौं उपत्यकामा मात्रै ३९३९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएका छन । काठमाडौंमा २९४३ं, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।


५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD