काठमाडौं । अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदे गरेको १०८ कार्टुन मदिरा प्रहरीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट बिहीबार बरामद गरेको छ ।
दिलवाले नामको १०८ कार्टुन मदिरा ११ वटा साइकलमा राखी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।
रामपुर मल्हनिया प्रहरी चौकी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले उक्त मदिरा बरामद गरेको थियो । गस्ती टोलीलाई देख्नासाथ साइकल र मदिरा छाडेर मदिरा ओसार्ने व्यक्ति फरार भएका र बरामद मदिरा र साइकललाई भन्सार कार्यालय सप्तरीमा बुझाएको जनाइएको थियो ।
Categorized in बजार