काठमाडौं । बेवारिसे शव जलाएर चर्चामा आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गर्ने विनयजंग बस्नेत पक्राउ परेका छन ।
सपनाका बाबु बताउने बस्नतेविरुद्ध सपनाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरीको आधरमा बस्नते पक्राउ परेका हुन ।
सपनासँगै काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका बस्नेतलाई प्रहरीले गोंगबुबाट आज पक्राउ गरेको हो ।
विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना यतिखेर चर्चामा रहेकी छिन । केही समय अघिदेखि समाजिक सञ्जालमा सपनामाथि बस्नेतले अभद्र व्यवहार गरेका समाचारहरु आईरहेका थिए ।
Categorized in समाज