२१ बैशाख २०८१, शुक्रबार
Header

सपना प्रधान न्यायाधीस समाजको अध्यक्षमा निर्वाचित


प्रकाशित: बुुधवार, १ कातिक २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधानमल्ल न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित भएकी छिन । 


समाजको मंगलबारको साधारणसभाले प्रधानमल्ललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।


समाजको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर महासचिव, जिल्ला न्यायाधीश शिशिरराज ढकाललाई सचिव र  उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेती कोषाध्यक्षमा निर्वाचित भएका हुन ।

 
त्यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, पूर्वन्यायाधीश शेखरराज पौडेल राजेश्वर तिवारी, र जिल्ला न्यायाधीश दुर्गा खड्का चयन भएका छन ।


समाजको विधानमा न्यायपरिषदको सदस्य हुने न्यायाधीश प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि समाजको अध्यक्ष पद छाड्नुपर्ने भएकोले मल्ल एक बर्षसम्म मात्र अध्यक्ष रहने छिन ।  

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD