११ बैशाख २०८१, मंगलबार
Header

सनसिटी अपार्टमेन्टका दुई संक्रमित निको भए


प्रकाशित: विहिवार, ११ बैशाख २०७७, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमिति निको भएका छन । 


विहिवार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटको क्रममा प्रवक्ता डा.विकास देवकोटाले उनीहरूलाई डिस्चार्ज गरिएको जानकारी दिए । 


चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरू वैशाख १ गते ‍¥यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि पाटन अस्पतालमा भर्ना भएका थिए । 


अस्पताल भर्ना भएको १० दिनमै उनीहरु निको भएका छन । नेपालमा कोरोनाभाइरसको संक्रमणपश्चात सबैभन्दा छिटो निको भएका यिनीहरू नै हुन । 


यो सगै नेपालमा अहिलेसम्म ९ जना संक्रमित निको भएर घर फर्किसकेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD