५ जेठ २०८१, शनिबार
Header

सनराज बैंकका अध्यक्ष दुगडद्धारा सपथ ग्रहण


प्रकाशित: बुधवार, २ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौ । सनराईज बैंकको एघारौं बार्षिक साधारणसभाबाट बैकको संचालक अध्यक्षमा पुनः निर्वाचित मोतीलाल दुगडले सपथ ग्रहण गरेको छ ।


नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो । 


सो शपथ ग्रहण समारोहमा राष्ट्र बैंक पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारी उपस्थित रहेको थियो । 


गत पुष २९ गते भएको साधारणसभाबाट बैंकले हालको चुक्ता पूँजीको ११.५० प्रतिशतको दरले नगद लाभांश रु. ९३,७५,४३,९२२/८७  (लाभांश कर लाग्ने भएमा सो सहित) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।


सो सभाबाट संस्थापक समूह ‘क’ तर्फबाट ३ जना सञ्चालक श्री मोतीलाल दुगड, श्री मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका थिए ।


साथै सोही साधारण सभाबाट सर्वसाधारण समूह ‘ख’ तर्फबाट ३ जना सञ्चालक श्री शैलेन्द्र गुरागाई, श्रीमती शारदा शर्मा पुडासैनी र श्री दीपक नेपाल निर्वाचित भएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD