१३ बैशाख २०८१, बिहिबार
Header

सनराईज बैंकले ल्यायो हेल्थ केयर कार्ड, भारतमा उपचार गर्न जानेलाई सुविधा


प्रकाशित: बुधवार, २२ जेठ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । सनराईज बैंकले भारतमा उपचारको लागि जाने नेपालीहरुको लागि भने हेल्थ केयर कार्ड स्किम सुरु गरेको छ । 


यो कार्डबाट भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ । 


यस कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पिएसओ बाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढि रकम भूक्तानी गर्न सकिने बैंकले जनाएको छ । 


हेल्थ केयर कार्डको लागि सेवाग्राहीले भारतको अस्पतालको बिवरण र चिकित्सकको सिफारिश वा अन्य जानकारीको कागजपत्र आवश्य पर्नेछ । 


यो वाहेक बैकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने बताइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD