१४ बैशाख २०८१, शुक्रबार
Header

सनराईज बैंकको सिईओ बज्राचार्यको कार्यकाल पुरा


प्रकाशित: शुक्रवार, २७ बैशाख २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सनराज बैंकको प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको चार बर्षे कार्यकाल आईतबारबाट सकिने भएको छ । 


बज्राचार्यलाई बैंकले आईतबार एक औपचारिक कार्यक्रम गरी विदावारी गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ । 


बैशाख मसान्तबाट बज्राचार्यको कार्यकाल समाप्त हुने हुँदा उनले बैंक छाड्दैछन । 


यस अघि बज्राचार्य ग्लोबल आईएमइ बैंक, एनसिसी बैंकमा पनि ४ बर्ष कार्यकाल पुरा गरेका थिए । 


नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन । बज्राचार्यको रिक्त स्थानको लागि बैंकले जनक शर्मा पौडेल, अनुजमणि तिमिल्सिना र निरज श्रेष्ठसँग छलफल भईरहेको जनाएको छ । 


नयाँ प्रमुख कार्यकारी नियुक्त नभइन्जेल कामु प्रमुख कार्यकारीका रुपमा आशा राणा अधिकारीले बैंक ब्यवस्थापनको नेतृत्वले गर्ने भएकी छिन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD