१४ बैशाख २०८१, शुक्रबार
Header

सनराईजले ल्यायो विभिन्न आकर्षक सुविधासहित नयाँ बचत खाता


प्रकाशित: बुधवार, २१ पुस २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सनराइज बैंकले विभिन्न आकर्षक सुविधासहितको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । 


बैंकले मोवाईल बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट खाता, मेरो शेयर शुल्क, अस्पताल भर्ना खर्च, ओपीडी विमा, दुर्घट्ना विमा लगायतका सुविधाहरु नयाँ खाता (सनराईज सम्पूर्ण बचत)मा पाईने भएको छ । 


बैंकका अनुसार नयाँ खातामा बैंकले पाँच वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिने छ । त्यसैगरी खाताका ग्राहकलाई बैंकले एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने सुविधा दिईनेछ । 


नयाँ खाताका ग्राहकले अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्ने छन । उक्त बचत खातामा ग्राहकले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी बीमा पाउने छन ।  


बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ भने स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने छ । 


यसबाहेक ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बीमा सुविधा पाउने बैंकले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD