काठमाडौं । ३३ किलो सुन प्रकरणमा डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि अर्को रहस्य खुलेको छ ।
आजको सामाचार पत्र दैनिकमा छापिएको समाचार स्रोत अनुसार शाक्यको शव गायब गर्न डिएसपी केसीसंग २ करोडको चलखेल भएको जनाएको छ । डिएसपी केसीले नै शाक्यको शव मोरंगमा बरामद गरेका थिए ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले छानविन अगाडी बढाएपछि सो सुन प्रकरणमा प्रहरी अधिकारीहरुको संग्लनता व्यापक देखिएको छ ।
मोरङ प्रहरीे हिरासतमा अहिले २८ जना थुनामा रहेको छ जसमा ६ जना प्रहरी अधिकारी छन् । पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, आइतबार म्याद थप भएका केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का हिरासतमा छन भने ६ जना नै निलम्बित भइसकेका छन् ।
३३ केजी प्रकरणका अर्का आरोपी एसएसपी श्याम खत्री प्रहरीको खोजीमा रहेको छ भने उनका चालक विष्णु खड्कालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
नेपाल प्रहरीको प्रधान कार्यालयमा कार्यरत उनी दुई सातादेखि कार्यालयसमेत गएका छैनन ्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ ।
Categorized in राष्ट्रिय