काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सत्यको जाँच गरेर मात्र समाचार लेख्न पत्रकारहरुलाई सुझाव दिएका छन ।
प्रमुख शाक्यले अरुसँग सोधेर लेखेको समाचार प्रभावकारी नहुने र त्यो समाचार एकपक्षी हुने हुनाले सरोकारवालासँगनै बुझेर सत्यको जाँच गरेर समाचार लेख्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले मंगलबार राजधानीमा आयोजना गरेको स्वरोजगारमुलक सञ्चारमाध्यमको व्यवस्थापन एवम् महिला बालबालिका बिषयक एक दिने समाचार लेखन पत्रकारिता प्रशिक्षण कार्यक्रम शाक्यले सो कुरा बताएका हुन ।
महानगर पत्रकारहरुसँग निस्वार्थ सहकार्य गर्न तयार बताउँदै समाचारको श्रोत नै पूर्वाग्रहपूर्ण छ भने समाचार बस्तुनिष्ठ बन्न सक्दैन । यसप्रति पत्रकार सचेत रहनुपर्नेमा शाक्यले जोड दिएका थिए ।
कार्यक्रमा पत्रकार महासंघ केन्द्रीय समितिका सचिव प्रकाश थापा, केन्द्रीय सदस्य जानुका बराल, प्रदेश समितिका अध्यक्ष एनके दाहाल, महासचिव सृजना झा, भक्तपुर महासंघका अध्यक्ष पुष्कर बुढाथोकी, काठमाडौं महासंघका सचिव मोहनराज पन्तले पत्रकारिताको विषमया आ–आफ्ना भनाई राखेका थिए ।
बद्री तिवारी र भवानी बरालले दिएको एक दिने प्रशिक्षण प्रदेश समितिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा गरेका थियो ।
Categorized in समाज