काठमाडौ । सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ ।
विहिवार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन ।
उनले सरकारको न्यूनतम साझा कार्यक्रम अबको ५ दिनभित्र ल्याउने तयारी गरेको सोको लागि ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक÷एक जना सदस्य पनि पठाईने जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ ।
नयाँ सत्तागठबन्धनमा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन ।
Categorized in राष्ट्रिय