७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सत्ता समिकरणको नयाँ मोड, ओली प्रधानमन्त्री बन्दै, कांग्रेस–एमालेविच यस्तो सहमति


प्रकाशित: मंगलवार, १८ असार २०८१, ०७ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रतिनिधिसभाको दुई ठुला दल नेपाली कांग्रेस र एमालेविच सत्ता समिकरणको सहमति बनेको छ । 


सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन । 


दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष ओलीले सुरुका दुई वर्ष  र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।


एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको बुझिएको छ । 


सहमतिलाई पूर्णता दिन नेपाली कांग्रेसले आज बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बोलाएको छ । 


बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने छ । 


छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३/३ वटा सरकार बाँडेका छन । मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ ।


संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।


सहमति अनुसार संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका पनि तयार गरेका छन । प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ ।

 
पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ । 


प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ । देउवा र ओलीले हस्ताक्षर गरेर सहमतिलाई पूर्णता दिने तयारी छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex