११ भाद्र २०८३, बिहिबार
Header

सत्ता गठबन्धन दलको बैठक बस्दै


प्रकाशित: सोमवार, १९ मंसिर २०७९, ११ः१० बजे
- महानगरखबर

काठमाडौं । चुनावी परिणामको समिक्षा गर्न सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । 


सोमवार दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको तयारी बारे कुराकानी हुने भएको छ ।  


मंसिर ४ गतेको निर्वाचन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । 


अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex