काठमाडौं । सत्ता गठबन्धन दलको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता दलहरुको बैठक बसेको छ ।
विहिवार विहान बसेको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्न तयारी गरेको छ । आजै ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।
बैठकले मन्त्रिपरिषद बिस्तार, उपनिर्वाचन तयारीलगायत विभिन्न विषयमा छलफल गर्नेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भूसाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी छन ।
Categorized in राष्ट्रिय