काठमाडौं । रवि लामिछाने नागरिकता प्रकरणछि सत्तागठबन्धन दलका नेताहरुको बालुवाटार भेटघाट बढेको छ ।
आज नेकपा एमाले अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री पुष्पकमल दाहालविच भेटवार्ता भएको छ । भेटमा अहिले चर्चामा रहेको गृहमन्त्रलाय लगायतको विषयमा कुराकानी भएको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग पनि प्रधानमन्त्री दाहालले छुट्टै बार्ता गरेका छन ।
रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि प्रम दाहालले आफै राखेका गृहमन्त्रालय फेरि पनि रविलाई दिनु पर्ने रास्वपाको माग रहेको छ ।
गृहमन्त्रालय नपाए सत्तागठबन्धन छाड्ने रास्वपाले चेतावनी दिएको छ । गृह मन्त्रालय अहिले प्रधानमन्त्री दाहालले आफै राख्ने सोचमा देखिएको छ ।
मंगलवार रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने बताएका थिए ।
त्यसैगरी आजको छलफलमा फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय पनि सत्ता गठबन्धनभित्र छफलल चलेको छ ।
Categorized in राष्ट्रिय