७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सत्तारुढ दलद्धारा सरकारको सय दिनको कामको स्वागत, ७ बुँदे व्यक्तव्य जारी 


प्रकाशित: शुक्रवार, ९ कात्तिक २०८१, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सत्तारूढ सात दलले सरकारले गरेको एकसय दिनको कामको स्वागत गरेको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले सरकारको कार्यप्रगतिको स्वागत गर्दै सात बुँदे वक्तव्य जारी पनि गरेका छन ।


साथै बाँकी अवधिका लागि सरकारले तय गरेका कामका योजना प्रभावकारी ढङ्गले सम्पादन गर्ने प्रतिबद्धता सत्तारुढ दलले जारी गरको संयुक्त विज्ञप्तीमा भनिएको छ । 


बैठकले मुलुकमा विद्यमान संकट र चुनौतीलाई सामना गर्दै लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित सरकारलाई थप प्रभावकारी बनाउने पनि प्रतिबद्धता जनाएका छन । 


वक्तव्यमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाकी सहअध्यक्ष रेणु यादव, जनमतका अध्यक्ष सिके राउत, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन ।

 
हेरौं ७ बुँदे व्यक्तव्य 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex