१६ चैत्र २०८०, शुक्रबार
Header

सतुङ्गलको पेन्टस कारखानामा आगलागी


प्रकाशित: आईतबार, २९ मंसिर २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको सतुङ्गलको पेन्टस कारखानामा आईतबार आगलागी भएको छ । 


काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुङ्गलमा गौरिशकंर पेन्टस कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ । 


विद्युत सर्ट भई आगलागी हुँदा आगलागीमा रङ्ग बनाउने मेशिन, केमिकल, कागजपत्रसहित अन्य सरसामान जलेर नष्ट भएको छ । 


महानगरीय प्रहरी बृत्त, थानकोटका अनुसार प्रहरी, स्थाीय र नगारपालिको सहयोगमा आगो नियन्त्रणमा आएको छ । 


सो आगलागीबाट के कति क्षति भएको थप विवरण आउन बाँकी रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD