१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सतंगुलको आरआर कम्पलेक्स आगलागीमा २ करोड क्षति भएको महर्जन परिवारको भनाई


प्रकाशित: विहिवार, १ जेठ २०८२, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँको सतुंगलस्थित आरआर कम्पलेक्समा आज विहिवार विहान भएको आगलागी हुँदा २ करोड बढि क्षति भएको संचालक राजकुमार सिंह महर्जन महर्जनले बताएका छन ।


चन्द्रागिरि नगरपालिका–११, व्यावसायिक भवनमा आर आरकप्लेक्समा विहान ५ः२० बजे आगलागी भएको प्रहरीले बताएको छ । 


प्रहरीका अनुसार कम्प्लेक्सको भुइँतलामा रहेको कल्पना बुटिकबाट आज बिहान ५ः२० बजे आगलागी हुँदा आगलागी हुँदा करोड बढीको क्षति भएको महर्जन परिवारको भनाई छ । 


महर्जन परिवारका अनुसार भुइँतलामा १४ र माथिल्लो तलामा १४ गरेर २८ वटा व्यावसायिक सटरहरू आरआर कम्प्लेक्समा थिए । 


छ वटा दमकल परिचालन गरेर सो आगो साढे ७ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 


क्षतिको थप विवरण संकलन भइरहेको पनि प्रहरीले बताएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex