काठमाडौं । कोरोना भाईरस संक्रमणविरुद्ध अभियानमा काठमाडौं महानगरपालिका यतिखेर सक्रिय भएको छ ।
लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गर्दै कार्यालय तथा कार्यकक्षलाई इस्इन्फेक्सन गर्ने, सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, पानीले पखाल्नेलगायत काम गरिरहेको छ ।
महानगरले बुधवारबाट सडकमा पानी ट््याङ्की र ब्रुमरको प्रयोग बढाएर सरसफाइ गर्ने कामलाई तीव्रता दिएको प्रमुख बिद्यासुन्दर शाक्यले बताए ।
प्रमुख शाक्यले ‘लकडाउन’को समयमा महानगर क्षेत्र भित्र फोहोर थुप्रिने र सडक फोहोर हुने अवस्था आयो भने कोरोना भाइरसको संक्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्युनीकरण गर्न सरसफाइको कामलाई तिव्रता दिएको बताए ।
महानगरले दक्ष जनशक्तिसहित (१०२) एम्बुलेन्स सेवा तयारी अवस्थामा राखेको छ भने ११८० हटलाइनमार्फत नागरिकका प्रश्नहरुको उत्तर दिएर समस्या समाधानमा सहयोग गरिरहेको छ ।
नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटा काअनुसार लकडाउन अवधिमा नागरिकले पूरा गर्नु पर्ने दायित्व, सुरक्षा, सतर्कता र संयमताका लागि महानगरलाई चार ओटा क्षेत्र बाँडेर माइकिङ्मार्फत सचेतना बढाउने काम थालेको छ ।
Categorized in समाज