१६ चैत्र २०८०, शुक्रबार
Header

सडक सजाउँदै काठमाडौँ महानगर


प्रकाशित: मंगलवार, ३० बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरले लकडाउनको सदुपयोग गर्दै काडमाडौको सडक सफाइसँगै सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्न थालेको छ ।


मंगलवार माईतीघर मण्डलामा महानगरका नगर प्रहरीहरु सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियान जुटेका थिए । 


नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार आज करीब ४० को हाराहारीमा नगर प्रहरी सामाजिक दुरी कायम गर्दै सरसफाई अभियानमा सक्रिय थिए ।

 
उनीहरुले लकडाउनसँगै सडक किनारा र बीचका बोटबिरुवाको हाँगा बढेर सडकको सौदर्य विगारेपछि हाँगा छाँटकाट गर्ने, झार उखेल्ने, मरेका बोट–विरुवा उखेल्ने जस्ता कामको थालनी गरेको सापकोटाले वताए । 


पहिलो चरणमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको क्षेत्रमा सडकको दायाँ भागमा सरसफाई तथा बढेको झारहरु उखेल्ने तथा बढेका बोटबिरुवाको हाँगा छाँटकाट गरी सडकको सौन्दर्य निर्माण कार्य अघि वढाएको हो । 


महानगरले लकडाउनको समयमा कोरोना संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने कार्य गर्दै आईरहेको छ । 


नगर प्रहरी प्रमुख सापकोटाले महानगरले यस अघि थाभारी रुपमा राखिएका १३ हजार भन्दा बढी साना बोर्ड ४४ वटा ठूला होर्डिङबोर्ड हटाई सकेको तथा हामीले ९ मिटरमाथिको सडकका सबै होर्डिङबोर्ड क्लीयर गरेको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD