काठमाडौं । गैरन्यायिक रुपमा सरकारले सडक विस्तारको कार्यलाई फेरि निरन्तरता दिएको भन्दै विहिवार काठमाडौंका माईतीघर मण्डलामा सडक विस्तार पीडितहरुले प्रदर्शन गरेको छ ।
विभिन्न सांस्कृति बाजागाजासहित उपत्यका भित्रका दुई दर्जन भन्दा बढि सडक विस्तार पिडित संघर्ष समितिहरुले सडक विस्तार विरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।
राज्यले सडक विस्तारका नाममा आफूहरुलाई विस्थापित गर्न खोजेको भन्दै पीडितहरुले पुन्ह सडक आन्दोलन सुरु गरेको हो । सरकारला सडक विस्तार गर्ने भन्दै उपत्यका विभिन्न वस्ती, टोलहरुमा गएर डोजार चलाउन थालेको भन्दै कडा आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएका छन् ।
काठमाडौं ऐतिहासिक सांस्कृतिक सहरमा सडक विस्तारको नाममा उपत्यकाका स्थानीय वासिन्दाहरुलाई सुकुम्बासी बनाउन खोजेको उनीहरुको अरोप रहेको छ ।
सर्बोच्च अदालतबाट जारि अन्तरिम आदेशको समेत उलघंन गरेपछि फेरी सडक संघर्षमा उत्रिनु बाध्यता भएको संघर्ष समितिका अगुवाहरुले बताएका छन ।
यस अघि समितिले मुआब्जा को माग राख्दै सर्वोच्च अदालतमा दर्ता गरिएको रिटयको पूर्ण पाठ गएको असार १२ सर्वोच्च अदालतले जारि भएको थियो ।
यस अघि सडक विस्तारविरुद्धको आन्दोलनमा सरकारले माईतघर मण्डलमा प्रदर्शनमा उत्रेकाहरुमाथि वल प्रयोग गरी आन्दोलनलाई मत्थर बनाउन खोजिएको थियो ।
Categorized in समाज